गाउँपालिकाको मनोमानी, बाँकेमा वन फडानी


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा वन फडानी गरिएको छ ।

करिब दुई कठ्ठामा रहेको जंगललाई वन कार्यालयको अनुमति बिना गाउँपालिकाले फडानी गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाले वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन फडानी गरेको छ । वन कार्यालयको अनुमति बिना करिब दुई कठ्ठामा रहेको जंगल फडानी गरिएको छ ।

सामुदायिक वनभित्र रहेको ९ बिगाहा क्षेत्रफलमा गाउँपालिकाले कार्यालय बनाउने यसअघि निर्णय गरेको थियो । गाउँ नजिक गाउँपालिका कार्यालय बन्ने भएपछि उपभोक्तहरुले निर्णयनै गरेर जग्गा दिएका थिए । अहिले गाउँपालिकाले प्रक्रिया मिचेर जंगल फडानी गरेको सामुदायिक वनका पदाधिकारीको भनाइ छ ।

सामुदायिक वनले दिएको ११ बिगाहा जग्गा मध्ये ९ बिगाहा क्षेत्रफलमा गाउँपालिका र २ बिगाहा क्षेत्रफलमा क्याम्पस भवन बनाउने योजना रहेको बैजानाथ गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि वनको अनुमति बिना जंगल फाडिएको गाउँपालिकाले स्वीकारेको छ ।

सामुदायिक वनको सबै स्वामित्व उपभोक्तालाई रहेतापनि वन कटान गर्ने बिषयमा वन कार्यालयसँग अनुमति लिनुपर्ने कोहलपुर सव डिभिजन वन कार्यालयले जनाएको छ ।

केही समयअघि करिब दुई कठ्ठा क्षेत्रफलमा रहेका सिसौं लगायत बहुमूल्य प्रजातिका रुख, बिरुवा गाउँपालिकाले अवैध रुपले कटान गरेको थियो । कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका रुख, बिरुवालाई बिक्री गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्