एक हप्ता लकडाउन गर्ने निर्णय


ओकेजनता डेस्क
१४ बैशाख २०७८, मंगलवार

काठमाडौं । पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता हालसम्म पर्सामा १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्