उपत्यकामा सवारी साधन बन्द गर्ने निर्णय


ओकेजनता डेस्क
१३ बैशाख २०७८, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

यस्तै रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्