एकहप्ताको लागि लकडाउन


ओकेजनता डेस्क
१३ बैशाख २०७८, सोमबार

काठमाडौं । सुर्खेतमा कोरोनाको ग्राफ ह्वात्तै बढेपछि निषेधाज्ञा गर्ने भएको छ । मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।’

सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् ।

जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ । कर्णालीका अधिकांश नागरिकहरु रोजगारीका सिलसिलामा भारत जाने गरेका छन् । तर, रोकथामका तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन सकिरहेको अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्