बसमाथि पहिरो…


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

प्रतिकात्मक तस्बिर

काठमाडौं । नवलपरासीको दाउन्नेमा बसमाथि पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

लगातारको वर्षाका कारण आएको पहिरोका कारण सडक पनि अवरुद्ध भएको छ । अवरुद्ध सडकखण्डमा रोकिएको बसमाथि पहिरो खसेको हो ।

पहिरोमा परी मृत्यु हुनेमा रुकुम पश्चिम आठबीसकोट–१० का २५ वर्षीय युवक रहेका छन् । उनको सनाखत भएको छैन ।

ना ५ ख ७९४० नम्बरको बसमा १८ जना यात्रु रहेकामा ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

विनयी–त्रिवेणी गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर नजिकै गएको पहिरो पन्छाउने कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्