झापामा चुरे दोहन, तस्करसँग मिल्छन् जनप्रतिनिधि !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

झापा । विगत १० वर्ष अगाडिबाट हुँदै आएको चुरे दोहनका कारण झापाको उत्तरी क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । सोमबार राती परेको वर्षाले उत्तरी क्षेत्रहरुमा क्षति पु¥याएको छ ।

विगत १० वर्षदेखि हुँदै आएको चुरे दोहनको असर झापाका उत्तरी क्षेत्रमा प्रत्येक वर्ष देखिने गरेको छ । सोमबार बेलुकी परेको वर्षाका कारण झापाका उत्तरी क्षेत्रका १० वटा गाउँ बाढी र पहिरोको चपेटामा परेका छन् । बाढीका कारण सयाँै बिगाहा खेतीयोग्य जमिन र कैयौँ सडक बगरमा परिणत भएका छन् ।

बाढीले मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा नगरपालिकालगायतका उत्तरी स्थानीय तहका विभिन्न स्थानमा अधिक क्षति पु¥याएको छ । क्षति अनुगमनमा निस्किएका सरकारका विभिन्न तहका प्रतिनिधिहरुले चुरे दोहनले समस्या निम्त्याएको भन्दै एकले अर्कोलाई दोषारोपण गरेका छन् ।

यता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भूजेलले सरकारले चुरे क्षेत्र संरक्षणका लागि विभिन्न कार्यक्रम तर्जुमा गरेको भएपनि प्रसाशनले आवश्यक सहयोग नगरेकाले कार्यान्वयनको पक्ष फितलो भएको बताउनुभयो ।

१० वर्षदेखि निरन्तर खोला दोहन भएकोले चुरे क्षेत्र नराम्ररी प्रवाभित भएको छ । नागरिक र जिम्मेवार पदमा बसेकाहरु गैह् जिम्मेवार भएकाले तराईको अस्त्वि मेटिने गरी चुरे दोहन हुँदै आएको जनप्रतिनिधि बताउँछन् ।

सरकारले असार, साउन र भदौ महिनामा चुरे क्षेत्रका नदीनालामा उत्खनन् निषेध गरेको भएपनि झापाका मेची, निन्दा, टिमाइ, बिरिङ, कन्काइलगायतका नदीमा निर्वाध अवैध उत्खनन् हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्