ओलीसंग वार्ता असफल भएपछि सीधै जनकपुर


ओकेजनता डेस्क
९ बैशाख २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् ।

उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ ।

नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्