काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचकाे वार्ता सकिएकाे छ ।
बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित हाेटल मेरियटमा छलफल भएको थियाे ।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार माेतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । ‘दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयाे,’ दुगडले भने ।
दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् ।
सरकारकाे नेतृत्व गरिरहेकाे एमालेभित्रकाे विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हाे ।