ओली र नेपाल निकै खुसी, यस्तो भयो सहमति


ओकेजनता डेस्क
८ बैशाख २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् ।

भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।

यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

 एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । दुगड वार्तास्थलमै थिए ।

प्रतिक्रिया दिनुहोस्