ओली प्रधानमन्त्रीबाट हट्ने मात्र यी आधार !


ओकेजनता डेस्क
७ बैशाख २०७८, मंगलवार

काठमाडौं । ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् ।

सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।

उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ ।

त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ ।

यो समाचार आजकोकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्