एमालेमा नेपाल न यता न उता


ओकेजनता डेस्क
७ बैशाख २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ ।

जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरुले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो ।

‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफै पनि यो विषयमा मौन देखिनुभएको छ । पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन,’ नेपाल पक्षका एक नेताले भने ।

उनका अनुसार नेता नेपालको इमान्दारीसामु धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा सहमत छैनन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्