जेठ १५ सम्ममा वडा–वडामा कमिटी


ओकेजनता डेस्क
६ बैशाख २०७८, सोमबार

हेटौंडा । नेकपा एमाले मकवानपुरले मकवानपुरमा डेढ महिने संगठन विस्तार तथा पार्टी कमिटी निर्माण अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष मुनु सिग्देलको अध्यक्षमा भएको जिल्ला बैठकले यस्तो निर्णय गरेको हो ।

‘जेठ १५ सम्ममा वडा तहमा समेत पार्टी कमिटीहरु गठन गरिनेछ, जनसंगठनका जिल्ला, क्षेत्र र पालिकास्तरका भेलाहरु हुनेछन्,’ अध्यक्ष सिग्देलले भन्नुभयो, ‘आवश्यकता अनुसार रिक्त पदहरुमा मनोनयन पनि पनि गरिनेछ, नयाँ नेतृत्व पनि चयन हुनेछ ।’

‘नयाँ वर्षसँगै नयाँ उत्साहका साथ पार्टी कामलाई अघि बढाउने निर्णय भएको हो,’ अध्यक्ष सिग्देलले भन्नुभयो, ‘पार्टी काम विस्तार र सुदृढिकरणका लागि जिल्ला कमिटीमा केही सदस्यहरु मनोनयनसँगै ३८ सदस्यीय सचिवलाय पनि गठन गरिएको छ ।’

एमालेले प्रचार विभागको जिम्मेवारी सचिवालय सदस्य रामकुमार एलनलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्