पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा !


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ति हप्तामा दुई दिन बिदा दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

त्यस्तै बैठकले पशुपति मन्दिर लुम्बिनी, संग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले, बगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाइ सम्झौताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्