माओवादीले समर्थन फिर्ता लिदै, प्रचण्डले गरे यस्तो तयारी


ओकेजनता डेस्क
६ बैशाख २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ ।

दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए ।

पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्