कोरोना उच्च : चौबिस घण्टामा थपिए १४९७


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमणको दर उच्च दरले बढिरहेको छ । आजपनि पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४ सय ५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्