फ्लोर क्रस गर्ने चारै जनालाई यी महत्त्वपूर्ण मन्त्रालय


ओकेजनता डेस्क
५ बैशाख २०७८, आईतवार

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् ।

मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्