नेपालको मोबाइलमा ओलीको घण्टी, हामी दुवै लखेटिने भयौँ


ओकेजनता डेस्क
४ बैशाख २०७८, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन एकवर्ष मात्रै बाँकी रहँदा नेकपा एमाले भित्रको विवाद भनै बढ्दै गएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको मतमतान्तर झनै बढ्दै गएको छ ।

निर्वाचन नजिकिँदै गर्दा पार्टीको अन्तरविरोधले एमालेमा ओली र खनाल–नेपाल पक्ष चिन्तामा छ तर, इगोका कारण उनीहरु रमिता देखाइहेका छन् । स्रोतका अनुसार आफ्नो पद जोगाउन र वरिपरिका व्यक्तिलाई पोस्न उद्दत रहेका प्रधानमन्त्री ओली नेपाललाई फोन गरेर अब मिल्नुको विकल्प नभएको बताएका छन् ।

एमसीसी पास गर्नका निम्ति धेरै हत्कण्डा अपनाएका प्रधानमन्त्री ओलीले जनताको दबाब थेग्न नसक्दा अब मिलेर जानुपर्ने बताएका छन् । एमसीसीलाई जसरी पनि पास गर्ने रणनीति अपनाएका प्रधानमन्त्री ओलीको पक्षमा धेरै सांसद छैनन् ।

यता, कर्णाली प्रदेशको नयाँ राजनीतिक धारलाई नियालिरहेका प्रधानमन्त्री ओलीसँग अबको विकल्प भनेको निर्वाचनमात्रै बाँकी छ । संसदमा अल्पमतमा रहेका उनी अब विश्वासको मत पाउने छैनन् । विश्वासको मत लिनुको साँटो उनी संसद पुनः स्थगित गर्ने मुडमा रहेको नेताहरु बताउँछन् ।

त्यस्तै, शुक्रबार दिउँसो २ बजे संसद् बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद एकमत थिए ।

प्रकाश ज्वालाले ‘सन्चो नभएको’ भन्दै खासै बोलेनन् । कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतको विपक्षमा डटेर लाग्ने प्रतिबद्धतासहित भाषण गरे । ‘यसले गर्दा विश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क थियौं, तर त्यो सब नाटक रहेछ,’ एमाले सांसद सुशील थापाले भने, ‘संसद्मा अपत्यारिलो तरिकाले फ्लोर क्रस गरेपछि हामी छक्क पर्७शधव;यौं ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको प्रस्ताव पेस गरेपछि एमालेका तर्फबाट करवीर शाहीले बोलेका थिए । शाहीमाथि पनि ‘फ्लोर क्रस’ गर्ने शंका थियो ।

उनले अपेक्षा गरेभन्दा फरक धारणा राखेपछि एमाले एकमत भएको सन्देश प्रवाह भएको थियो । संविधानविद् भीमार्जुन आचार्य संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ गर्ने अभ्यासलाई सामान्य मानिए पनि यसलाई सम्बन्धित दलको विधानले नियमन गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्