ओलीलाई धुलो चटाउछौँ : थापा


ओकेजनता डेस्क
३ बैशाख २०७८, शुक्रबार

काठमाडौं । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।

फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई धुलो चटाउने बताए ।

उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए । अब कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने अब, संगठन निर्माण गर्ने, जनताका बीचमा जान, ओलीलाई धुलो चटाउने यही त हो ।

उनी विगत देखिनै मन्त्रीको चर्चामा रहेका सांसद पनि हुन् । उनले आफु संसदीय दलको बैठकमा गएर सबै ठोस कुराहरु राखिएको बताए । उनले भने, ‘बैठकमा कुरा राखेर गइयो, फ्लो क्रस गरियो ।’ उनले भने पार्टी आधिकारीक रुपमा दुई नभएपनि व्यवहारिक रुपमा दुई भएको छ ।

केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।

योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

प्रतिक्रिया दिनुहोस्