जोरायलको लोभ्याउने छहरा


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । नेपाल विभिन्न भौगोलिक संरचना भएको मुलुक हो । यहाँ हिमाल, पहाड र तराई समिश्रित भूमि छ ।

यहाँको परिवेश चालचलन पनि ठाउँ अनुसार फरक–फरक छ । ती ठाउँहरुलाई परिचय दिने विभिन्न पर्यटकीयस्थलहरु छन् ।

जसमा सुदूरपश्चिम प्रदेश त्यहाँको भूगोललाई हेर्दा हिमाल, पहाड र तराई मिलेर बनेको छ ।

त्यहाँ प्रसिद्ध धार्मिकस्थलहरु छन् । पर्यटकीयस्थलहरु पनि छन् । प्रदेश र स्थानीय सरकार आइसकेपछि पर्यटन प्रवद्र्धनमा पनि जुटेका छन् ।

अहिले विभिन्न ठाउँमा अवस्थित पर्यटकीय गन्तव्यहरुले स्थान पाएका छन् । बढ्दो प्रविधिसँगै प्राकृतिक सुन्दरतालाई विश्वमाझ देखाउन सहज पनि भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड, रामारोशन, घोडाघोडी लगायतका थुप्रै क्षेत्रहरु छन् ।

यस्तै पछिल्लो समयमा डोटीको जोरायल गाउँपालिकामा रहेको एउटा झर्ना पर्यटकहरुको आकर्षकको केन्द्र बनेको छ ।

जोरायल गाउँपालिकाको वडा नम्बर २ छतिबनमा अवस्थित ‘‘छहरा झर्ना’’ को नामले परिचित झर्ना अहिले आन्तरिक पर्यटकको प्रमुख रोजाईमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्