गजल


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

वर्षौँपछि भेट्दा पनि बोली उस्तै–उस्तै
फुलबुट्टे त्यो मखमली चोली उस्तै–उस्तै !!

हिजोराति घुम्दै जाँदा सपनीमा देखेँ
लुकामारी खेलेको त्यो खोली उस्तै–उस्तै !!

काला–काल केश अनि गाँजलु ती आँखा
धेरै भयो नदेखेको हौली उस्तै–उस्तै !!

घाम डुब्यो साँझ प¥यो गाईबाख्रा डो¥याउँदै
आज पनि मलाई सम्झी रोउली उस्तै–उस्तै !!

– बीबी यात्री

प्रतिक्रिया दिनुहोस्