माओवादी र राजपाका ४५ नेता एमालेमा प्रवेश


ओकेजनता डेस्क
३१ चैत्र २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमका वीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भित्र्याएका छन् ।

ओलीनिकट एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए ।

बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्