गृहमन्त्री सुवासचन्द्र नेम्बाङ बन्दै, बादललाई महत्वपूर्ण जिम्मेवारी !


ओकेजनता डेस्क
२९ चैत्र २०७७, आईतवार

काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङलाई गृहमन्त्री दिने तयारी गरिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कारबाहीमा परेसँगै गृहमन्त्रीमा नेम्बाङलाई सिफारिस गर्ने तयारी गरिएको छ । बादललाई अब एमालेका सांगठानिक गतिविध र महाधिवेशनमा खटाइने ओली निकट एक नेताले बताए ।

बादल भने गृहमन्त्री छोड्ने पक्षमा छैनन् । गृहबाट बिदा हुने भएपछि उनले रक्षाको जिम्मा दिनुपर्ने बताउँदै आएको स्रोत बताउँछ । रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मातहतमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्