महासंघको नतिजा आएपछि मुख्यमन्त्री पोखरेल अत्तालिए


ओकेजनता डेस्क
२८ चैत्र २०७७, शनिबार

काठमाडौं । पत्रकार महासंघको नतिजा सार्वजनिक भए लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आत्तिएका छन् । उनले नेता, कार्यकर्ताको मन बुझाउन भावुक स्ट्याटस पोष्ट्याएका छन् ।

उनले भनेका छन्, ‘हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो, आज त विपक्षमा महागठबन्धन थियो । तर, आमचुनाव हिजो नी फरक भयो, भोलि नी हुनेछ ।’

पोखरेलको यो स्ट्याटसले उनी हतोत्साहित भएको प्रमाणित हुने विश्लेषकको टिप्पणी छ । पत्रकार महासंघको निर्वाचनले ओलीको लोकप्रियता गुमेको प्रमाणित भएको एमाले नेता नै बताउछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्