स्याङ्जा अपडेट : मृतकको संख्या ९ पुग्यो (नामावलीसहित)


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले पुरिएर स्याङ्जामा ९ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ तमादीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ । एक जनाको जिवितै उद्धार गरिएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परियारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्