सांसद पदमुक्त भएका चार मन्त्रीबारे प्रधानमन्त्रीले गरे यस्तो निर्णय


ओकेजनता डेस्क
२७ चैत्र २०७७, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन । उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।

प्रतिक्रिया दिनुहोस्