पक्राउ परेनन् राजेश राय, खुलेआम घुम्दै


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

बारा । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव र ८ जना वडाध्यक्षसहित १३ जना गत वैशाख १० गते धरौटीमा छुटे । तर कानुन बमोजिम हुनुपर्ने सजाय हुन सकेको छैन ।

राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव र ८ जना वडाध्यक्षसहित १३ जनालाई कानुन अनुसार कारबाही हुन सकेको छैन । नगर प्रमुखको संलग्नतामा गुणस्तरहीन दाल वितरण गरिएको भएपनि कारबाही नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।

नगरप्रमुखसहित अखाद्य दाल वितरण गर्नेलाई प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो । प्रहरीले वैशाख ९ गते प्रमाणसहित जिल्ला प्रशासन कार्यालय बारालाई बुझाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा दाल यादव आइस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र विभिन्न वडामा छापामारी २५ किलो र ५० किलो गरि ८ सय ६६ बोरा दाल सिलबन्दी गरिएको थियो ।

कालोबजारी गरेको प्रमाण हुँदाहुँदै निषेधाज्ञाका कारण कारबाही गर्न नसकिएको प्रशासनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर कालोबजारी गर्नेहरु तारेखमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्