घट्यो वैदेशिक सहायता, यस्तो हुँदैछ नेपालमा


ओकेजनता डेस्क
२६ चैत्र २०७७, बिहीबार

काठमाडौं । अर्थमन्त्रालयले विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । डेभलपमेन्ट कर्पोरेसन रिर्पोट (डिसिआर) २०२० ले नेपालले पाउँदै आएको सहायता रकम बढेको देखाएको छ ।

यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ । सन् २०१९/२० मा औपचारिक विकास सहायता (ओडिए) २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार सात सय रुपैयाँ प्राप्त भएको हो । जबकी यस्तो सहायता अघिल्लो वर्ष (सन २०१८/१९) मा १ खर्ब ८८ लाख ५८ हजार बढी विकास सहायता नेपालले पाएको थियो ।

यही अवधिमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले दिने विकास सहायता भने घटेको छ । आईएनजीओले १ अर्ब ५७ करोड ५१ लाख सहायता गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्ष २ अर्ब ५७ करोड ५४ लाख १६ हजार ७ सय ९५ रुपैयाँ सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

दिइएको सहायतामा ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहायता छ । वैदेशिक विकास सहायतामा ऋणको हिस्सा बढ्दै जानुलाई नेपाल योग्य भएको ठहर्छ । स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी औपचारिक विकास सहायता प्राप्त भएको छ । कुल ओडिएको १६.१ प्रतिशत स्वास्थ्य क्षेत्रले पाएको छ । जुन ३ अर्ब ८० करोड ९९ लाख रुपैयाँ हो ।

वित्तीय क्षेत्र सुधारका लागि ११ प्रतिशत, हाउजिङ क्षेत्रका लागि ७.७ प्रतिशत, उर्जाको लागि ७.२ प्रतिशत, सडक यातायातका लागि ७ प्रतिशत सहायता प्राप्त भएको छ । आर्थिक वर्ष २०१९/२० मा ओडिएको भोल्यूम सकारात्मक देखिएको छ । कोभिड १९ भन्दा पछिको सहायता मूल्याङ्कन गरिएको छैन ।

समीक्षा अवधिमा १९ अर्ब ९९ करोड २६ ला रुपैयाँ बजेटमार्फत् गएको छ । २०१८÷१९ मा बजेट फण्डिङ ७८.४ प्रतिशत थियो । बजेटरी सहायतामा परिवर्तन आएको छ । कुल औपचारिक विकास सहायतामा (ओडिए) बजेटरी सहायता ३६.९ प्रतिशत पुगेको छ । सन २०१८/०१९ मा १५.२ प्रतिशत थियो ।

विकास सहायता प्रतिवेदन अन्र्तराष्ट्रिय सहायताको विवरण हो । यसमा दुई पक्षीय, बहुपक्षीय विकास साझेदारको आधिकारिक विकास सहायतासम्बन्धी विवरण उल्लेख गरिएको हुन्छ ।

अर्थमन्त्रालयको समन्वयमा अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहायता विभागले विकास सहायता प्रतिवेदन प्रकाशित गर्छ । यसले नेपालमा विकास सहायता कसरी परिचालन हुन्छ भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्