लोप हुँदै सुदूरका घट्ट


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् ।

केहीवर्ष पहिलेसम्म प्रयोगमा रहेका घट्ट अहिले विद्युतीय मिलको प्रयोग बढेसँगै लोप हुन थालेका हुन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालित पानी घट्ट विस्थापित हुन थालेका छन् । गाउँमा विद्युतीय मिलको प्रयोग बढेसँगै पानी घट्ट विस्थापित भएका हुन् ।

केही वर्षअघि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका क्षेत्रमा पानी घट्ट प्रयोगमा थिए ।

हाल प्रयोग विहीन रहेका पानी घट्टलाई विभिन्न जिल्लामा रहेका गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधि अनुसार पिसानी, पेलानी र काठ चिरानी गर्नसक्ने बनाएर सञ्चालन गर्दै आएका छन् ।

पुराना संरचनालाई लोप हुन नदिई संग्रहालय तथा स्थानीय पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने पनि आवाज उठिरहेको छ ।

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर आधुनिक विद्युतीय मिलमा छोटो समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको संख्या घट्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्