चार सांसद निलम्बित, संसद सचिवालयमा पत्र दर्ता


ओकेजनता डेस्क
२४ चैत्र २०७७, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।

सोबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता भएको माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले रातोपाटीलाई जानकारी गराए ।

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए ।

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् ।

मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्