फेरि बढ्यो पेट्रोल, डिजेलको मूल्य


ओकेजनता डेस्क
२३ चैत्र २०७७, सोमबार

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा र हवाइ इन्धन (आन्तरिक ) २/२ रुपैयाँ मूल्य बढाइएको हो ।

अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय ३ रुपैयाँ पुगेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य समायोजन गरिएको निगमको तर्क छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्दा एलपी ग्यास तथा बाह्य हवाई ईन्धनको खुद्रा विक्रि मूल्य भने अहिलेलाई यथावत नै कायम रहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । यो मूल्य समायोजन पछि पनि निगमलाइृ अर्धमासिक रुपमा एक सय २७ करोड ७० लाख घाटा नै रहेको निगमले जनाएको छ ।

पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलइ केहि स्थिर भए पनि निगमको मासिक नोक्सानी अत्याधिक नै रहेको छ । पछिल्लो पकट १ अप्रील २०७१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगमे विक्री मूल्य समायोजन नगर्ने हो भने निगमलाई अर्थमासिक रुपमा अर्थात १५ दिनमा करिव एक सय ९ करोड घाटा हुने अवस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्