अपडेट : स्याङ्जा पहिरोमा ६ को मृत्यु (नामावलीसहित)


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादिमा पहिरोले पुरिएर ५ र कालीगण्डकी गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १४ की २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ६० वर्षीया सानी नेपाली, ३० वर्षीय दीपक नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकी वालिङ नगरपालिका वडा नम्बर १४ की १७ वर्षीया मनिषा नेपालीलाई जिवितै उद्धार गरिएको छ ।

उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । पहिरोमा पुरिएका अन्य ४ जनाको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्