कांग्रेसको नयाँ निर्णयले ओलीलाई यस्तो हुदैछ


ओकेजनता डेस्क
२० चैत्र २०७७, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा कुरा नमिल्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्