जसपा सरकारमा जान तयार, प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी


ओकेजनता डेस्क
१९ चैत्र २०७७, बिहीबार

काठमाडौं । प्रतिगमनमाथि प्रतिगमन भएको थियो । एउटा प्रतिगमन संविधान बनाउँदाखेरि नै यहाँका मुख्य पार्टी एमाले, माओवादी र काँग्रेस मिलेर जनतामाथि गोली ठोकेर गरेका थिए ।

सहमतिको दस्तावेजका रुपमा रहेको अन्तरिम संविधानलाई च्यातेर १६ बुँदे बेइमानी पत्र गरेर प्रतिगमनकारी काम गरिएको थियो । त्यसमा केपी ओलीजीले थप प्रतिगमन गर्नुभयो । असंवैधानिक रुपमा संसद विघटन गरिदिनुभयो, जो अधिकारकै थिएन । त्यसका विरुद्धमा हामी सबै मिलेर लड्यौँ ।

मैले अघि नै भनें, हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि हामीले माओवादी, एमाले र काँग्रेसलाई भनेको हो ।

हाम्रा लागि सत्ताको नभई मुद्दाको सवाल हो । सत्ताको खेलमा हामी सहभागी हुँदैनौँ । हाम्रो मुद्दाबारे प्रधानमन्त्री, काँग्रेस र माओवादीमा नेताहरुलाई पनि भनेका छौं । अब हेरौं, मुद्दा के हुन्छ ।

यो संविधानबाट हामी सन्तुष्ट छैनौं । तर, पनि लोकतान्त्रिक मूल्यमान्यता जोगाउनुपर्छ, त्यो रहेन भने बाँकी काम हुँदैन । त्यसैले हामी सबै मिलेर लोकतान्त्रिक मूल्यमान्यताको रक्षा ग-यौैं । अब संविधान ट्रयाकमा आयो ।

केपी ओलीले गरेको असंवैधानिक काम सर्वोच्च अदालतको फैसलाबाट संविधान ट्रयाकमा आएको छ । त्यसपछि यतिबेला सत्ता हेराफेरीको कुरा भइरहेको छ । सत्ता समीकरणको कुरा भइरहेको छ । त्यसमा हामी सामेल छैनौं । जनता समाजवादी पार्टी सत्ताको रेसमा वा हेराफेरीमा छैन ।

आजको दिनमा काँग्रेस र एमाले मिलिदियो भने दुई तिहाइ हुन्छ । हामी जनता समाजवादी पार्टीको आवश्यकता छ र ? छैन नि । काँग्रेस, माओवादी र जसपाबीचको समीकरणको कुरा ग¥यो भने त्यहाँ हाम्रो आवश्यकता हुन्छ, त्यो पनि कल्पना कसरी गर्ने ? अहिले एमालेको सरकार माओवादीको समर्थनमा टिकेको छ । बहुमतको सरकार छँदैछ ।

अर्कोतिर गठबन्धनका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा छैन भनिसकेको छ । उसलाई अविश्वासको प्रस्ताव ल्याएर यो सरकार हटाउने खेलमा छैन भनेपछि कुरा टुंगिहाल्यो नि ! जसपाको भूमिका कहाँ छ ?

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिनुका पछाडि जसपा कारक बनेको भन्ने छ । तपाईं लगायत जसपाका केही नेता र प्रधानमन्त्री केपी ओलीबीचको बढ्दो उठबसबाट माओवादी केन्द्र झस्किएको हो कि ?

मैले अघि नै भनें, हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि हामीले माओवादी, एमाले र काँग्रेसलाई भनेको हो । हाम्रा लागि सत्ताको नभई मुद्दाको सवाल हो ।

सत्ताको खेलमा हामी सहभागी हुँदैनौँ । हाम्रो मुद्दाबारे प्रधानमन्त्री, काँग्रेस र माओवादीमा नेताहरुलाई पनि भनेका छौं । अब हेरौं, मुद्दा के हुन्छ ।

प्रतिक्रिया दिनुहोस्