प्रतिकात्मक तस्बिर
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा भीषण पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।
८ जना बेपत्ता भएका छन् । एकजनालाई भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
वालिङ नगरपालिकास्थित तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एकजनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् ।
पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।
यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।