प्रचण्डसँग रिसाए ओली, बढी गर्यो भने…


ओकेजनता डेस्क
१७ चैत्र २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् ।

केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आक्रोश समेत पोखे ।

मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’ उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे ।

उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए । ‘हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे !’, उनले भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भनेँ, तपाईँ त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’ उनले सडकमा भने प्रचण्डभन्दा पछिको अध्यक्ष भएर माधव नेपाल बसेको भन्दै व्यङ्ग्य गरे ।

प्रधानमन्त्री ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई सुझाव दिएका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

उनले भने, ‘माकुल भएका छन् डेमोक्रेसीहरु । डेमोक्रेसीहरुको अहिलेको मुख्य काम नै केपी ७शधलव;७शधव;ओली हटाउनु हो । किन भने देश विकास गरिसक्यो केपी ओलीले यस्तो गर्न दिनुहुन्छ ?’, महन्थ ठाकुरको नाम लिदै उनले भने, ‘ठुला हाइवे बनाइसक्यो, तुइन हटाइसक्यो, तराईका समस्या समाधान गरिसक्यो त्यो गर्न दिनुहुन्छ ? विप्लवका समस्या, सिके राउत हाइवे बनाइसक्यो । मेलम्चीको पानी आइसक्यो, दिनमा दश किलोमिटर बाटो पिच हुनथालिस्क्यो अनि छिटो हटाउनुपरेन, हटाउनुपर्यो नि यार !’

त्यस्तै उनले प्रचण्ड माधवहरूले गरेको राजनीति नै नभएको पनि बताए । ‘उहाँहरुको यो पोलिटिक्स होइन । देशप्रति इमान्दार हुन सक्नुपर्यो’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘वाक स्वतन्त्रता प्रकाशन स्वतन्त्रता भएन रे, कसैले नथुनेका मुख आफै टेप लाएर थुन्ने अनि ? त्यसपछि मनपरी बोल्न पाइएको छ अनि कहाँनेर भएन वाक स्वतन्त्रता ?’

उनले संघीयता संकटमा नपरेको दावी समेत गरे । भने, ‘संघीयतालाई के समस्या पर्यो ? केही समस्या अनुभुति र फिङिसबाहेक कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कन्भिन्स गरिएको छैन ।’ उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको हुनसक्ने भएपनि देशलाई कुनै संकट नपरेको दावी गरे ।

‘देशलाई कहाँ संकट परेको छ ? तपाईहरुलाई के मा संकट पर्यो ? के भएछ ? केही विरामी देख्दिनँ । चुनाव भएर संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ भन्ने ?’ उनले प्रश्न गरे । उनले ११ फागुनमा भएको निर्णय ठिक तर फागुन २३ मा १२ दिनपछि अर्को फैसला आउदा अदालत कामै नलाग्ने भयो भयो भन्नु गलत रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्