ओलीले महन्थको कानमै यसो भनेपछि खुसीले प्रफुल्ल


ओकेजनता डेस्क
१७ चैत्र २०७७, मंगलवार

काठमाडौं । राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुरबीच मञ्चमै भलाकुसरी चल्यो ।

नेकपा एमाले र जसपा नेपालबीच सत्ता साझेदारीका विषयमा औपचारिक छलफल भैरहेकै बेला सार्वजनिक रुपमा पनि दुई पार्टीका शीर्ष नेताबीच भलाकुसारी चलेको हो ।

प्रधानमन्त्री ओली कार्यक्रमलाई सम्बोधन गरेर फर्कने बेलामा आफ्नो आसनबाट उठ्दै विदावारी हुने क्रममा प्रधानमन्त्री ओली नमस्कार गर्दै नेता ठाकुरतिर सरेका थिए ।

त्यसक्रममा उनीहरुबीच झण्डै एक मिनेट भलाकुसारी भयो । आफ्नो आसनबाट दायाँतिर रहेका ठाकुर र प्रधानमन्त्रीबीचको भलाकुसारी के विषयमा थियो भन्ने आवाज नजिकै रहेका कसैले नसुने पनि उनीहरुबीच जसपाले अघि सारेका माग र सत्ता समीकरणकै बारेमा भएको हुनसक्ने सहभागीहरुले अन्दाज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्