स्याङ्जाको वालिङमा भीषण पहिरो, ९ जना बेपत्ता


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

प्रतिकात्मक तस्बिर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा विहीबार बिहान भीषण पहिरो गएको छ

लगातारको वर्षात्का काण स्थानीयको घरमाथिबाट गएको पहिरोले सिंगो घर पुरिएको छ । घर पुरिँदा एकै परिवारका ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

१ जनाको भने जिवितै उद्धार गरिएको छ । अहिले घटनास्थलमा प्रहरी, स्थानीय र जनप्रतिनिधिले खोजीकार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्