एमालेबाट माधव नेपाल र भीम रावल निलम्बित


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् ।

नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।

नेता नेपाल र रावललाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाएका थिए । त्यसको जवाफ उनीहरुले चैत १२ गते पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्