माधव नेपाल र बाबुराम मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।

न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो ।

निर्णय आइसकेपछि थप अनुसन्धान गरिनेछ । त्यतिबेलाको निर्णय गल ठहरिएमा सर्वोच्चले थप आदेश दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्