ओलीको नयाँ कदमले एमालेमा मित्रता, यसरी समेटिदैछन् नेताहरु


ओकेजनता डेस्क
१५ चैत्र २०७७, आईतवार

काठमाडौं । २०७५ साल जेठ ३ गते नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा नयाँ रुप दिएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले आआफ्नै पार्टीमा फर्किएका छन् । उनीहरुलाई सर्वोच्चले २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काइदिएको छ ।

नेपालमा ७१ वर्ष लामो कम्युनिष्टको इतिहासलाई तुसारापात गर्नका निम्ति देशी तथा विदेशी तत्वले खेलिरहेको आरोप लागिरहेका बेला नेपाली जनताको आशा र भरोसाको केन्द्र न्यायालयले पनि पार्टी विभाजनको पक्षमा फैसला गरेको एमाले र माओवादीका नेता, कार्यकर्ता बताउँदै आएका छन् । यद्यपि उनीहरुले सर्वोच्चको निर्णयलाई पालना गर्ने बताइरहेका छन् ।

सर्वोच्चको निर्णयपछि नेपाली कम्युनिष्टहरुमा दुई पंक्ति देखिएको छ । एक पंक्ति सत्ता र स्वार्थमा विलिन भई क्षणिक फाइदामा रमाएको छ भने अर्को पंक्ति पुस्तौपुस्तासम्म नेपाली राजनीतिमा कम्युनिष्टको विरासत खोजिरहेको छ । एमालेभित्र पनि दुई धार स्पष्ट छन्, केपी शर्मा ओली पक्षका नेताहरु माधवकुमार नेपाल पक्षलाई निषेध गर्न खोजिरहेका छन्, किनकी भागवण्डामा असर पर्ने उनीहरुको बुझाइ छ ।

यता, माओवादी केन्द्रका नेताहरु एमालेमा थपिएका छन् । पार्टीको नीति, सिद्धान्त र विधान विपरित नयाँ आगन्तुकलाई भित्र्याएको भन्दै एमाले खनाल–नेपाल पक्ष विरोध गरिरहेको छ । प्रधानमन्त्री ओलीले फागुन २८ गते बालुवाटारमा गरेको निर्णय वैधानिक मान्न नसकिने उनीहरुको तर्क छ । ओली पक्ष भने खनाल–नेपाल पक्षलाई घुँडा टेकाउने रणनीतिमा छ ।

प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक अवस्थालाई विल्कुलै फरक मोडमा धकेलेका छन् । सिमित मान्छेहरुलाई बोकेर उनी आफ्नो पद जोगाउन पट्टी उद्धत देखिन्छन् । यता, खनाल–नेपाल पक्ष पार्टीमा रहेर अन्तरसंर्घष गर्ने तयारीमा छ । प्रधानमन्त्री ओलीले पार्टी मिलाउनका निम्ति कसरत गरिरहेपनि मिल्ने बाटाहरुमा काँडा बिछ्याइएको खनाल–नेपाल पक्षको तर्क छ ।

अबका दिनमा प्रधानमन्त्री ओली लचिलो भएर सिंगो पार्टी मिलाउन तर्फ लाग्ने उनी निकट एक नेताको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्