शंकर पोखरेलको नयाँ खुःलासा– ‘माओवादी केन्द्रसँगको एकता ठिक’


ओकेजनता डेस्क
१५ चैत्र २०७७, आईतवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रसँगको एकता इतिहासको स्वर्णिम पल भएको आशय प्रकट गरेका छन् ।

नेपालको वाम आन्दोलनको इतिहासमा एउटै लक्ष्यमा भएका पार्टीहरुको एकता हुनु सकारात्मक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘नेकपा(माओवादी केन्द्र)संगको एकता असफल भएपनि उक्त एकताले वाम आन्दोलनको ध्रुविकरणको आधार तयार भएको छ । हामी अहिले त्यो काम गर्दैछौ ।’

अहिले एमालेको पछिल्लो पुस्ता नेपाली कम्युनिष्ट आन्दोलनलाई एक बनाउने तर्फ उद्धत देखिन्छ । यता, भर्खरैको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा एमालेका केन्द्रीय सदस्य डा. विजयकुमार पौडेलले पनि नेकपाबाट एमालेमा फर्किनु दुर्भाग्य रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्