काठमाडौं । धनगढीमा भएको राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलामा नेकपा एमाले (केपी शर्मा ओली) समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएको छ ।
आन्तरिक द्धन्द्ध र केपी शर्मा ओली समुह भित्रकै गुटका कारण धनगढीमै भएका अध्यक्ष थापालाई भेलामा निषेध गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत र नेता बचन बहादुर सिंहका कारण पनि अध्यक्ष थापा कार्यक्रममा निशेध गरिएको स्रोतले बतायो । स्रोतका अनुसार प्रदेशको अस्थायी राजधानी धनगढीमै भएका अध्यक्ष थापालाई भेलामा निषेध गरिएको हो ।
संघका मन्त्री देखि सासंद सम्म सहभागिता रहेको जिल्ला भेलामा सुदूपश्चिमका अध्यक्ष थापा सहभागि नभएपनि कार्यकर्ता समेत आश्चर्यमा परेका थिए ।
सुदूरपश्चिममा पनि केपी ओली समुह भित्रै गुटहरु देखा पर्न थालेपछि ओली समुहमा लागेको नेता–कार्यकर्ता निरास बन्न थालेका छन । आजको घटना पछि ओलि समुहमा ठुलै हलचल हुने अनुमान गरिएको छ ।