पिकनिक खान गएका वडाध्यक्षको मृःत्यु, सचिवसहित ७ जना निःयन्त्रणमा


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । कञ्चनपुरमा पिकनिक खान गएका वडाध्यक्षको मृ त्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृ त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबार वेदकोट नगरपालिका वडा नम्बर ६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला घाँ’ टीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृ’ त घोषणा गरेको बताए ।

मासु खाएका चन्दले घाँ टीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृ’ त घोषणा गरेको प्रहरी नाबय उपरीक्षक थापाले बताए ।

उनका अनुसार वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतकको श’ व परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृ’ तक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्