अपाङ्गतामैत्री नीति नियम तथा सेवाबारे एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरु का लागि चन्दागिरी नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा नेपाल सरकारका अपाङ्गतामैत्री नीति नियम तथा सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरु गरि ४६ जना लाई अपाङ्गतामैत्री नीति नियमका बारेमा नेपाल बोसिया संघका अध्यक्ष गोमादेवी पौडेल र राष्ट्रिय अपाङ्ग महासंघका सदस्य एवं बोसिया संघका महासचिव देवकुमारी पराजुली ले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि नगर उपप्रमुख लिशा नकर्मिले अपाङ्गता भएका व्यक्तिहरुका लागि यस नगरपालिकामा एक शैक्षिक संस्थाको आवश्यकता रहेको भन्दै आगामी दिनमा नगरपालिकाले सबै वडाहरू संगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विद्यालय स्थापनाको विशेष पहल गर्ने समेत प्रतिबद्धता गर्नु भएको थियो ।

सोहि कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का अध्यक्ष गोपाल कृष्ण महर्जनले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरुको कार्यक्रमलाई सबैले सकारात्मक रुपमा लिनु पर्ने र अपाङ्गता भएका व्यक्तिहरु लाई पनि अन्य सरह अवसर प्रधान गर्दा समाजमा उनिहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण हाम्रै देशमा थुप्रै छन ।

आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरु का आवश्यकता लाई मध्यनजर गर्दै हाम्रो वडामा बजेट निर्माण गर्दा प्राथमिकतामा राख्ने समेत बताउनु भयो । यस्ता कार्यक्रमले सबै प्रकारका अपाङ्गता भएका ब्यक्ति र हामिहरू लाई समेत थप उर्जा मिलेको छ भन्दै कार्यक्रम सफलताको शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रमका सहभागीहरू लाई स्वागत गर्दै अपाङ्गता अभिभावक समाज नेपाल का अध्यक्ष टेकबहादुर बम ले चन्द्रागिरि नगरपालिका भित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्दै अपाङ्गताको क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यका साथ यो संस्था स्थापना भएको हो ।

संस्थाको उदेश्य अनुसार कार्य गर्ने क्रममा चन्द्रागिरि नगरपालिका संगको साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना (सिविआर) कार्यक्रम संस्थाले संचालन गरिरहेको छ । साथै चन्द्रागिरि नगरपालिका अन्तर्गतका अन्य वार्डहरू संगको सहकार्यमा समेत अपाङ्गता सम्बन्धि बिभन्न अभिमुखिकरण कार्यक्रम, शिपमुलक तालिम, अपाङ्गता सहयोग सामग्री वितरण आदि कार्यक्रम समेत संस्थाले संचालन गरिरहेको समाज अध्यक्ष बमले बताउनु भयो ।

सोहि कार्यक्रमको समापन समारोहमा बोल्दै चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको अभिभावकत्वो नगरपालिका लिन सधै तयारभएको समेत जानकारी गराउनु भएको थियो।

कार्यक्रमको सभाध्यक्ष अपाङ्गता अभिभावक समाज नेपालका अध्यक्ष टेकबहादुर बम, प्रमुख अतिथि चन्दागिरी नगरपालिका उपमेयर लिसा नकर्मी, विशिष्ट अतिथी चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गोपल कृष्ण महर्जन, नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ, वडाका वडा सदस्यहरू, अपाङ्गता भएका व्यक्ती र तिनका अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन दृष्टि बिहिन अपाङ्गता भएका व्यक्ति सुमन घिमिरेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्