वैदेशिक रोजगारमा गएकाहरु यसकारण सम्बन्धविच्छेदमा पुग्छन्


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन् । गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन् ।

यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए ।

‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपु¥;याएको हो ।’ सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।

वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्ध विच्छेद गर्ने क्रम सबैभन्दा बढी छ । वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गर्न चाहेको देखिएको उनले जनाए । यो समाचार आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन् ।

‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपु¥;याएको हो ।’ सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।

यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्