केहिबेरमा कांग्रेसको आक:स्मिक बैठक बस्दै


ओकेजनता डेस्क
१४ चैत्र २०७७, शनिबार

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

शनिबार बिहान ९ : ३० बजे आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ । यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज साँझ ८ : २४ बजे निधन भएको थियो ।

​मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्