काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको मृत्यु भएको छ ।
लामो समयदेखि उपचाररत उहाको आज निधन भएको हो ।
यसअघि निधन भएको भन्दै उहाँप्रती अफवाह पनि फैलाइएको थियो । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।
काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे ।