मलाई डाक्टरले भित्री व स्त्र खो ल्न लगाए, आफू यस्तो गरे


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । सप्तरीमा एक चिकित्सकमाथि बिरामीका आफन्तलाई यौ  न दु :र्व्य वहा र गरेको आरोप लागेको छ ।

बिरामीका आफन्तमाथि यौ  न दु र्व्य  व हार को आरोप लागेपछि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक डा. राजन जयसवाल निलम्बनमा परेका छन् ।

जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छा विपरीत सं वे दन शी ल अं  गमा छोएको पी डित म  हि लाले बताएकी छन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बि रा मी का कु रुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकी ३२ वर्षीया महिला अस्पतालमा दुई दिनअघि सु त्के री भएकी नन्दलाई भेट्न आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दु  र्व्  य व हार गरेको उनले बताइन् ।

‘म सँगै आएका श्री मा नलाई औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस् त्र खोल्न लगाएर यौन दु र्व् य व हार गरे’ उनले भनिन्, ‘मैले चिच्याएपछि अरु मानिसहरु पनि आए ।’ चिकित्सकले नै आ  प त्ति जनक व्यवहार गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा बिरोध प्रदर्शन गरेका थिए ।

आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । ‘यसबारे पी डित पक्षले मौखिक जानकारी समेत गराएका छन्’ उनले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’

बिरामीमाथि यौ न दु र्व् यव हार गरेको आरोप लागेपछि छिन्नमस्ता अस्पतालले डा. जैसवाललाई निलम्बन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्