छोराको रिहाइ हुने तयारीसँगै रेशम चौधरीका बुवा यसो भन्छन्


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको हो ।

कैलाली–१ बाट निर्वाचित सांसद चौधरी हाल जे लमा छन् । टीकापुर घट नाको मुख्य योज नाकारका रुपमा अदालतले उनलाई आ जी वन कारा बाःसको स जाय तोकेको छ । जसपा नेपालकै मागअनुसार रेशम चौधरीलाई रि हा गर्न सरकारसमेत तयार रहेको संकेत देखिएकै बेला रेशम चौधरीका पिता लालवीर चौधरी भने आफ्नो छोरालाई ‘मोहरा’ बनाउन थालिएको गुनासो गर्दछन् ।

मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ । सत्ता साझेदारीका लागि जसपा नेपालले रेशमको रिहाइलाई सर्त बनाएको छ । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु ।

अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मु द्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ ।

अहिले त जसपा नेपालले हा वाका भरमा रेशम चौधरीको रिह ाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । तर, अहिले लाल आयोगको प्रतिवेदन किन खोजिँदैन ?

हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ । हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला । थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं ।

केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई ‘मोहरा’ नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्