होटेलमा भेटिएका अध्यक्ष फेरि महिलाकै घरमा यस्तो अवस्थामा


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग भेटिएका छन्।

बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रह रीलाई खबर गरेका थिए। महरालाई गाउँलेले राति नै निय न्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन् ।

महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कु ट पि ट पनि गरेका प्रहरीले जनाएको छ। कु ट पि टबाट दुवैजना घा इते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

वडाअध्यक्ष महरा यसअघि ती महिलासँग नै भेट्टिएका हुन्। ती महिला एकल रहेकी बताइएको छ। वडाअध्यक्ष महरा यसअघि चैत ५ गते राति पनि स्थानीय खोचलेक बजारको एक होटेलमा ती महिलासंग भेट्टिएका थिए।

त्यसबेला उनकी श्रीमतीले प्रहरीलाई सूचना दिएको थिइन्। प्रहरीले निय न्त्रण लिएपछि वडाध्यक्ष महरा र महिला घरपरिवारको आपसी समझदारी गरेपछि प्रहरीले चैत ६ गते छोडेको थियो।

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।

प्रतिक्रिया दिनुहोस्